Logo
Logo

समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने


693
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्दै नबसरी स्थगित भएको छ । आइतबार साँझका लागि बोलाएको बैठक सोमबार बिहान साढे ७ बजे बस्नेगरी स्थगित भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

फाइल फोटो

यसअघि मोर्चाको बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको थियो । मोर्चाको अब बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने बताइएको छ ।

चार दल संलग्न मोर्चामा आलोपालो प्रणालीअनुसार अहिले नेता माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्दै आएको छ । मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्