काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज घरघरमा नागको पूजा गर्दै नागपञ्चमी पर्व मनाएका छन् । आज घरको मूलढोकामा नागका तस्बिर टाँसी पूजा गरिन्छ भने विभिन्न ताल तलैयाहरूमा पनि नागको पूजाअर्चना गरिन्छ ।

त्यस्तै काठमाडौं उपत्यकामा पशुपतिको वासुकी, नक्सालको नागपोखरी, चोभारको टौदह, ललितपुरको नागदह लगायतका स्थानमा पूजा र मेला लाग्ने गर्दछ । नागपञ्चमीमा नाग सर्पजस्ता विषालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने जनविश्वास रहिआएको छ ।





















