
काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताएका छन् ।
तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उनले बताएका छन । महामन्त्री बर्तौलाले सामाजिकसञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले केही बांकी नराखी सत्तासँग सम्झौता गरेको आरोप लगाएका छन् ।
‘राजनितीक जिबनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अबसर पाएका थिए, अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा शुरु भैसकेको छ,’ महामन्त्री बर्तौलाले भने, ‘उनले केही पनि बाँकी नरहने गरि सत्तासंग सम्झौता गरे, आदर्श र बिधिका उनका कुरा फगत मिठो ‘गफ’मा सिमित रह्यो।














