
पोल्याण्ड । नेकपा एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको अध्यक्षमा रमेश लामा चयन भएका छन् । प्रवासमा आफ्नो सङ्गठनलाई पुनर्गगठन गर्दै एकीकृत समाजवादीले लामा अध्यक्ष रहेको २७ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो ।
भेलाले पोल्याण्ड राष्ट्रिय कमिटीको उपाध्यक्षमा मीनबहादुर पाण्डे र राजेन्द्र पाण्डे(असिम), सचिव निश्कर्ष लामा, उपसचिवमा दिवस पञ्चकोटी र मोहन बिक्रम थापा तथा कोषाध्यक्षमा कर्मा लामालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमशः पुर्णकुमार प्रधान, दलबिक्रम लावती, अमर बहादुर कार्की, सुरज पुन, सुरेन्द्र गुरुङ, कुमार तिम्सिना, सुनिल परियार, दुर्गाबहादुर मगर, जितबहादुर सुन्दास, अमृत गुरुङ ,अस्मित लिम्बु, दिव्या सुन्दास, अनिस पाठक, अशोक अधिकारी, कबित दर्नाल, सन्तोष श्रेष्ठ ,शंकर पाठक ,राज लिम्बु, इफ्तेखर मोहम्मद र रोमन विश्कर्मा चयन भएका छन् ।
भेलाले टंक कटुवाल संयोजक तथा शेरबहादुर परियार, मनविर लामा र सूर्य सुव्वा सदस्य रहेको सल्लाहकार समिति समेत निर्माण गरेको छ ।
रमेश लामाको अध्यक्षतामा भएको भेलालाई निश्कर्ष लामाले सञ्चालन गरेका थिए । प्रमुख अतिथि प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारले संगठनको भूमिका तथा दायित्वबारे प्रकाश पार्दै कमिटी निर्माणमा सहजीकरण गरेका थिए ।














