विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदैछन् । प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गरेका छन् ।
उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएका थिए ।
कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो ।
।














