Logo
Logo

कमिशनखोरीहरु अहिले आतंकित भएका छन् : गृहमन्त्री


756
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करीको अन्त्य नगरीसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन् । गृहमन्त्री श्रेष्ठले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिले समृद्धिका सपना पूरा गर्न सुशासनको अभियान चलाएको बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘अहिले भ्रष्टाचार, तस्करी र कमिशनखोरीमा संलग्न भएकाहरु आतंकित भएका छन् । तिनको रक्षा गर्न खोज्नेहरु सरकारलाई आक्रमण गर्न खोज्दैछन् । प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रालयले थालेको कामलाई असफल बनाउनका लागि आक्रमण गर्न खनिएका छन् ।’

नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले देशलाई समृद्ध बनाएपछि मात्रै पार्टीको औचित्य पूरा हुने भएकाले अहिले सरकारले थालेको अभियानबाट आफूहरु पछि नहट्ने बताए । जतिसुकै आक्रमणको प्रयास भएपनि जनताको समर्थनलाई अगाडि राखेर अघि बढेपछि आफूहरु सफल हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार, आफ्नो गृहमन्त्री पदको निरन्तरता र भ्रष्टाचारी, तस्करी र कमिशनखोरीको निरन्तरता साथसाथै जान नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्