
काठमाडौं । भोलि (सोमबार) देखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।
यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो । अब भोलिदेखि भने कार्यालय समय १ घण्टा कम खुला हुनेछ ।















