Logo
Logo

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै


378
Shares

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी औपचारिक रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित हुने भएको छ । दुवै पार्टीबीच मंगलबार (कात्तिक १७ गते) औपचारिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको हो ।

नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो १ बजे आयोजना गरिने विशेष एकता सभामार्फत पार्टी समायोजनको घोषणा गरिने जानकारी दिइएको छ ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी नेतृ भुजेलको अगुवाइमा छुट्टै राष्ट्रिय भेला आयोजना गरिएको थियो । सोही भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।

कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई तीव्र बनाउने उद्देश्यसहित यो समायोजन हुन लागेको बताइएको छ । यस एकतासँगै दुवै पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एउटै राजनीतिक सङ्गठनमा गोलबन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्