Logo
Logo

सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ


14k
Shares

काठमाडौं । ६१ केजी सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार भन्सार अधिकृत पुष्पा जोशी तथा नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको ब्युरोले जनाएको छ ।

६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेपछि उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । यस सुन तस्करी प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्