Logo
Logo

खसी चोर्ने र किन्ने दुवै पक्राउ


- दृष्टि न्युज/संवाददाता


राजविराज, २ माघ । प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।
स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका–८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए । खसी खरिदकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्