Logo
Logo

ओलीको आरोप- सरकारले सुन तस्करीको उद्योग नै चलाएको छ


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीको उद्योग नै चलाएको आरोप लगाएका छन् । उनले आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको आरोप लगाएका हुन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले सरकारले ‘चिलतिर औँला देखाएर कुखुरा उडाएको शैलीमा’ सुन तस्करी गरेको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे ९ केजी सुन तस्करी गर्नेलाई बचाउन २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही नगरेको बताए । वर्तमान सरकार उपभोक्तामाथि संस्थागतरुपमै गैरजिम्मेवार रहेको ओलीको आरोप छ ।

उनले भने, ‘जब हाउसमा पशुपतिमा सुन भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । त्यतिबेरै मैले केही हुँदैछ कि । पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको ? एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । यो खालको तरिकाले चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरु राज्यबाट भइराखेको छ ।’

प्रतिक्रिया दिनुहोस्