Logo
Logo

फिफा विश्वकप छनोटमा आज नेपाल र लाओस भिड्दै


1.5k
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र लाओससँग भिड्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो।

फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ। नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन्।

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो। जसमा नेपालले लाओसलाई समूह चरणमा २–० ले हराएको थियो भने फाइनलमा २–१ को जित हासिल गरेको थियो।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। यसपछि अर्को खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ।दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्