Logo
Logo

बहराइनमाथि नेपालकाे शानदार जित


5.5k
Shares

काठमाडौं । मलेशियामा जारी एसीसी–यू १९ प्रिमियर कपको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

दोस्रो खेलअन्तर्गत आज बिहान बहराइनसँग भएको खेलमा बराइनले दिएको ७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले उक्त लक्ष्य ३ विकेटको क्षतिमा ११।४ ओभरमा पूरा गर्दै ७ विकेटको जित हात पारेको हो ।

पहिलो ओभरमा दुई विकेट गुमाएको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले जितसम्म पुर्याएका थिए । ओपनर दिपक बोहोरा, उत्तम थापा र दिपकप्रसाद डुम्रेले २.२ ओभरमा १० रन गुमाएको नेपालका लागि कप्तान देव खनाल र अर्जुन कुमालले जित सम्म पुर्याएका थिए ।

नेपालका लागि अर्जुन कुमाल र देव खनालले ३२/३२ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्