Logo
Logo

त्रिकोणात्मक सिरिज : सोमपालले लिए यूएईको पहिलो विकेट


1.3k
Shares

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए ।

सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।

निकट भविष्यमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्