
काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलाको दोस्रो खेलमा हङकङविरुद्ध नेपालले इनिङको पहिलो बलमै विकेट लिएको छ ।
मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले पहिलो बलमै सफलता पाएको हो ।
नेपालका करण केसीले हङकङका ओपनर तथा कप्तान निजाकत खानलाई पहिलो बलमै बोल्ड गरे । जारी खेलको पहिलो ओभर समाप्त हुँदा हङकङले एक विकेट गुमाएर सात रन बनाएको छ । हङकङका अन्शुमन रथ र बाबर हायात क्रमशः ६ र एक रनमा खेलिरहेका छन् ।














