Logo
Logo

हायस र बस ठोक्किँदा ४ को मृत्यु, १३ घाइते


- दृष्टि न्युज/संवाददाता


     

इटहरी, १९ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनी नगरपालिका–२ मा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आइतबार बिहान हायस र नाइट बस ठोक्किँदा हायसका चालक धादिङका २८ वर्षीय दिपक खड्का, झापा घर भइ काठमाडौ बस्दै आएका ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीया डोलमाया कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा घाइते भएकी भक्तपुरकी १७ वर्षीया गरिमा गौतमको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस जुध्दा भएको दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर दुईजना घाइतेको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भइरहेको छ घन अन्य घाइतेको घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्