Logo
Logo

भोलिदेखि अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भारतीय दूतावासद्वारा क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही २०७५ माघ ५ गते शनिबार आयोजना गरिदैंछ । यो सम्मेलन नेपाल तथा भारतका थुपै्रै उद्यमीहरु, लगानीकर्ताहरु, प्रवद्र्धकहरु, व्यावसायिक सल्लाहकारको ध्यानाकृष्ट गर्न सफल रहेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका संरक्षक विष्णु रिमालले यस कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्ने कार्यक्रम छ ।
भारतबाट पाँच जना र नेपालबाट पन्ध्र जना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु÷लगानीकर्ताहरुले सहभागीहरुलाई सम्बोधन गर्नेछन् । जसमा दुवै राष्ट्रका युवा उद्यमीहरुले सहभागीता जनाउने छन् । सम्बोधनकर्ताहरुमा भारतका विक्रान्त गुजनानी– संस्थापक (ट्रान्स एसिया भेन्चर र यू फसर््ट भेन्चर), आदित्य घोष–प्रमुख कार्यकारी निर्देशक ओयो इन्डिया एण्ड साउन एशिया, वरुण सर्राफ, उद्यम कल्याणकारी र थ्रीजा दोउ, प्रबन्धक (व्लिङक भेन्चर) लगायत रहेका छन् ।

उक्त सम्मेलनलाई नेपालबाट रंजीत आचार्य, प्रमुख कार्यकारी निर्देशक (प्रिज्म एड्भरटाइजीङ्ग), हेमराज ढकाल, सहसंस्थापक तथा प्रबन्ध निर्देशक, आईएमइ ग्रुप, नरोत्तम आचार्य कार्यकारी निर्देशक, किंग्स कलेज, सुशील पोखरेल, प्रमुख कार्यकारी निर्देशक, सुष्मिता ग्रुप, सन्तोषी राना संस्थापक, विहानी सामाजिक भेन्चर, कुबेर चालिसे, सम्पादक कारोबार दैनिक र असगर अली, प्रधानमन्त्रीका प्राविधिक सल्लाहकारले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा काठमाडौं, पोखरा, विरगन्ज, चितवन र विराटनगरलगायतका सहरहरुमा गरिएका कार्यक्रमहरु, चार महिने अभियान, दशवटा कलेज स्तरीय गतिविधिहरु तथा ३० दिने प्रशिक्षणहरुको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँच लाख उद्यमशील व्यक्तिहरुसम्म पुग्न सफल भएका छन् । समग्रमा पन्ध्र सय जना उद्यमीहरुले यस सम्मेलनमा भाग लिनका लागि आफ्नो नाम दर्ता गराएका थिए जसमध्ये ६ सय जना छानिएका छन् । सो मध्ये १०० जनाले लगानीका लागि आफ्ना नव व्यवसायका सोचहरु प्रस्तुत गर्न इच्छा जाहेर गरेका छन् भने ५२ जनाको अडिसन लिइएको थियो । अन्तिम चरणमा एयरलिफ्ट टेक्नोलोजी, मेकर भ्याली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रिनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरीे ६ वटा संस्थाले आफ्ना नव व्यावसायिक सुरुआतबारे प्रस्तुति गर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्