Logo
Logo

तमु सञ्चारकर्मी संघद्वारा ६ पत्रकार सम्मानित


504
Shares

काठमाडौं । तमु (गुरूङ) सञ्चारकर्मी संघले मुलधारको पत्रकारितामा सक्रिय गुरुङ समुदायका पत्रकारहरूलाई सम्मान गरेको छ । तमु ल्होसारको पूर्वसन्ध्यामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले विभिन्न शिर्षकमा ६ जना पत्रकारलाई सम्मान गरेको हो ।

संघले प्रधानसेनापति छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कारबाट चितवनका गुरुङतर्फ हिरालाल गुरुङ र गैरगुरुङतर्फ पोखराका एम.बी. आस्थालाई प्रदान गरेको छ ।

यसैगरी तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका रत्ना गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिस्ट अनुप गुरुङ सम्मानित गरेको छ । तनहुँकी करिश्मा गुरुङ सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट र धनकुटाका विकास गुरुङ तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट सम्मानित हभएका छन् । कार्यक्रममार्फत गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्