Logo
Logo

राष्ट्रपतिद्वारा अध्यक्ष चन्द्र ढकाल सम्मानित


1.1k
Shares

बागलुङ । बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।

महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यक्ष ढकाल सम्मानित भएका छन् । राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए ।

बागलुङमा जन्मेर निजी क्षेत्रको एकमात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गर्दै आएको र आइएमई ग्रुपबाट उद्योग, पर्यटन, बैकिङ, उर्जा लगाण्तका क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको सातौँ बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्