काठमाडौं । नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख मिन बिश्वकर्माले गठबन्धको सरकारले सोचेअनुरुप सफलता हात पार्न नसकेको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा नेता बिश्वकर्माले बिगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् ।

लुम्बिनीमा बनेका उद्योग मन्त्रीका बिषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदासम्म कसैले केही नभन्ने र कुनै कमजोरी, उजुरी नपरेको भएतापनि हाल जनताले अनुमोदन गरेर पठएका प्रदेशसभा सदस्यमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारवाहीको भागी हुने बताए ।
उनले तथ्यको आधार नभएको अवस्थामा आनावश्यक मिडियाबाजी गरी चरीत्र हत्या गर्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारले सरोज थापा उर्फ रोज राणालाई उद्योगमन्त्री बनाएकोप्रति टिप्प्णी भइरहेका बेला उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक बर्षे पूर्णपाठले मन्त्री फेरबदल गरेर भएपनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नू सकारात्मक सन्देश रहेको र सोचेअनुरूप काम हुन नसकेको आफैँले बताएको बेला धेरै टिकाटिप्पणी गर्नु नहुने उनले बताए ।














