Logo
Logo

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाल नै निरन्तर


2.1k
Shares

काठमाडौं । समाजवादी मोर्चाले संयोजकमा नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मोर्चाको बैठकले यस अघि पनि संयोजकको जिम्मेवारीमा रहेका नेता नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको हो । नेपालको समयावधि सकिएकोमा उनलाई नै नेतृत्वमा अघि बढाउने निर्णय भएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।

पाण्डेका अनुसार बैठकले अहिले ४७ जिल्लामा समाजवादी मोर्चा गठन भएको र बाँकी जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले यसपटक शहीद दिवस भव्य रुपमा मनाउने र दिवस मनाउनका लागि अन्य दलसँग पनि सहकार्य गरेर जाने निर्णय गरेको छ ।

नेता पाण्डेका अनुसार बैठकले समाजवादी मोर्चाका नेतृत्वमाथी लगाइएका मुद्धाका विषयमा सरकारसँग भएका चरण–चरणका सम्झौता कार्यान्वयनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्