Logo
Logo

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


1.4k
Shares

मोरङ । स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित बिराटनगरबाट एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–६ केशलिया मार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित सुनसरीका ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्