Logo
Logo

बालिका अपहरण गर्ने एक जना पक्राउ


1.4k
Shares

काठमाडौं । दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्यांकी बस्ने ३७ वर्षीय राज नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न नेपाललाई पक्राउ गरेको हो । साथै प्रहरीले अपहरणमा परेकी बालिकालाई सकुशल उद्दार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्