Logo
Logo

वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन


441
Shares

काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ । दमको समस्याबाट पीडित पोखरेलको आज (सोमबार) बिहान ८७ वर्षको उमेरमा निधन भएको हो ।

२०३८ सालमा गोरखापत्रका सम्पादक रहेका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य-सचिव र अध्यक्ष थिए । उनी राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा सुरुवात गर्दै कायममुकायम महाप्रबन्धकसमेत भएका थिए । नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने पोखरेल राष्ट्रिय मानवअधिकार आयोगको सदस्यसमेत भएका थिए ।

धनकुटाको कचिडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबार मात्र अन्तिम संस्कार गरिने जनाइएको छ । दिवंगत पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्