Logo
Logo

मोहन वैद्य बिरामी, उपचार हुँदै


1.1k
Shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी छन् । उनी आइतबारदेखि बिरामी भएको पारिवारिक स्रोतले जनाएको छ ।

एक्कासी दम बढेपछि उनलाई आइतबार नै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । उनलाई आइतबारदेखि अस्पातलमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

अहिले उनको स्वास्थ्य सुधार उन्मुख रहेको छ भने केही दिन अस्पतालमै राखेर उपचार गर्ने चिकित्सकले बताएका छन् ।
७७ वर्षीय वैद्य लामो समयदेखि दमबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्