Logo
Logo

माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दै


441
Shares

फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त सम्मेलनको आयोजना गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रको भर्खरै सम्पन्न ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’बारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको सापकोटाले बताए ।

यसका साथै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे सम्मेलनमार्फत जानकारी गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्