Logo
Logo

माओवादीको निष्कर्ष- जनता हामीतिर फर्किए


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी’ अभियानले जनतामा आशा र उत्साह जगाएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मलेन आयोजना गर्दै पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जनता आफुतिर फर्किएको बताएका हुन् ।

‘तीन महिने अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ । जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्,’ उनले भने ।

त्यस्तै उनले गाउँगाउँमा माओवादीका संगठनहरु चलायमान बनेको समेत बताए । उनले भने, ‘बनेको ठाउँका संगठन चलायमान भएका छन् । नबनेका ठाउँमा संगठन बनेका छन् । पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ । पार्टी प्रवेशको क्रम पनि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्