
रौतहट । डिभिजन वन कार्यालयले प्रहरीमार्फत तस्करको काठ बरामद गरेको छ । प्रहरीले वनमा गस्ती गर्न छोडेर तस्करको काठ बरामद गरेको हो ।
जिल्लाको बृन्दावन नगरपालिकाको वनबाट काटेर ल्याएको काँचो सालको गोलिया प्रहरीले बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा हिजो (मंगलबार) राति बृन्दावन नगरपालिका–८ मा परालको कुन्यूभित्र लुकाइ राखेको सालको गोलिया पाँच थान बरामद गरेको हो ।
१ लाख २० हजार मूल्य बराबरकोे सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।














