Logo
Logo

नागरिक उन्मुक्तिको महाधिवेशन पुस २६ मा हुने


315
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय महाधिवेशन पुस २६ गते कैलालीको टीकापुरमा हुने भएको छ ।

३९ जना पदाधिकारी र २४१ केन्द्रीय सदस्य चयन हुने महाधिवेशनमा देशभरबाट ८ हजार प्रतिनिधि सहभागी हने पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए ।

साथै, उनले गठबन्धन दलहरूबीच राष्ट्रिय सभाका लागि नागरिक उन्मुक्ति पार्टीलाई एक सिट दिने समझदारी भएको समेत बताएका छन् । ‘२१ गते बस्ने बैठकमा टुंगो लाग्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्