
काठमाडौं । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्प आज (बिहीबार) बिहान १०ः१७ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त मापन केन्द्रका अनुसार ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पले सिन्धुपालञ्चोक आसपासका जिल्लाहरूमा पनि धक्का दिएको महसुस गरिएको छ ।














