Logo
Logo

विद्युतीय गाडीको भन्सार र अन्त:शुल्क बढ्ने संकेत


1.7k
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षदेखि विद्युतीय गाडीमा कर बढाउने संकेत गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले करका विषयमा नबोल्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

‘सरकारले जनतालाई पनि सहुलियत प्रदान गरेको हो व्यवसायीलाई मात्रै सहुलियत दिन खोजेको हैन । व्यवसायी साथीहरूले त्यही खालको करमा सहुलियत पाए अनुसार ग्राहकलाई गाडी नदिने परिस्थिति सृजना भएको देखिन्छ । इभीको कर बढाउने कुरामा व्यवसायीहरू नबोल्न आग्रह गर्छु,’ उनले भने ।

मन्त्री महतले अहिले राजस्वमा धेरै घाटा रहेको पनि बताए । इभीले पेट्रोलियम पदार्थको आयातलाई घटाउँदै लगेको भन्दै उनले इभीको कस्ट घट्दै गएकाले सहुलियत जनतालाई ट्रान्सफर हुनुपर्नेमा जोड दिए । विद्युतीय गाडीमा चार्जिङको पूर्वाधार विस्तारमा सरकारले जोड दिने उनले बताए। नाडा आफैंले पूर्वाधारमा लगानी किन गर्न नसकेको भन्ने प्रश्न पनि मन्त्री महतले गरे ।

एसेम्बल उद्योगले भ्यालु एड गर्ने काम कम भएको उनले बताए । सामान ल्याएर जोड्नका लागि मात्र एसेम्बल उद्योग आवश्यक नभएको मन्त्री महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्