
काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको बार एशोसिएशनकाे पदाधिकारी बैठकले श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
बार एशोसिएशनका महासचिव अन्जिता खनालका अनुसार श्रेष्ठले बारसँग समन्वय नगरी निर्णय गर्ने गरेको र त्यसले कानुन व्यवसायीको अहित भएको निष्कर्षसहित उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
यसअघि बिहीबार नेपाल बार एशोसिएशनले श्रेष्ठलाई छलफलका लागि बोलाएको थियो । तर श्रेष्ठ उपस्थित नभएपछि बारले बैठक राखेर श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय लिएको हो । बार एशोसिएशनको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपतिले २०७७ सालमा परिषद सदस्य नियुक्त गरेका थिए ।














