
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक ‘विशेष कारणवश’ भोलिसम्मका लागि स्थगित गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजका लागि तय भएको बैठक भोलि आइतबार दिउँसो १ बजे बस्नेगरि सारिएको जानकारी लिए ।
आइतबार बस्ने बैठकमा उनले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध पनि गरेका छन् ।














