Logo
Logo

अर्को साता बीवाइडीको सिल इभी कार बजारमा आउँदै


3.7k
Shares

काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अर्को साता बीवाइडीको नयाँ कार सार्वजनिक गर्दैछ ।

त्यसका लागि कम्पनीले चार वटा सिल इभी कार नेपाल ल्याइसकेको छ । कम्पनीले केही दिनअघि अघि मात्रै एउटा सिल टेस्ट ड्राइभ गर्न उपभोक्तालाई दिएको छ । यो गाडीको मूल्य १ करोड ५ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

यसमा ८२.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ । सो ब्याट्रीले एक पटकको फुल चार्जमा ५७० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा सेल–टु– बडी टेक्नोलोजीमा निर्माण भएको छ ।

यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री छ । यो गाडी अल न्यू बीवाइडी ई–प्लाटफर्म ३.० डिजाइनमा उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्