
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित भएका छन् । बिहीबार बिहान धनगढीमा सम्पन्न प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् । त्यस्तै सचिवमा कमल रोकाय, सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद तथा कोषाध्यक्षमा जेबी कुँवर चयन भएका छन् ।














