
काठमाडौं । प्रहरीले ८ वटा महँगा गाडी बेवारिसे अवस्थामा फेला पारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट ती गाडीहरु फेला पारेका हुन् ।
एउटैको करोडौं पर्ने विभिन्न ब्रान्डका गाडीहरु प्रहरीले बरामद गरेको छ । ती गाडीहरु राजस्व छली गरेर काठमाडौं ल्याइएको प्रहरीको अनुमान छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले गाडी काठमाडौं भित्र्याउने मानिस भने लाग्न नसकेको बताए । उनले भने, ‘सूचना पाएर होला मानिस फरार भइसकेका थिए ।
प्रहरीले एउटा गाडी भने पोखराबाट ल्याएको हो । बरामद् गाडीका कुनै पनि कागजपत्र तथा भन्सारमा दर्ता भएका छैनन् । थप अनुसन्धानको लागि गाडीहरु भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














