Logo
Logo

पृथ्वीजयन्ती राष्ट्रिय स्तरबाटै मनाउनुपर्छः कमल थापा


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस राष्ट्रिय स्तरबाटै मनाउनुपर्ने बताएका छन् ।

पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा चियापानको कार्यक्रम आयोजना गर्दै थापाले सार्वजनिक विदा दिएरमात्रै नपुग्ने भन्दै राष्ट्रिय स्तरबाटै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताएका हुन् ।

उनले पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै यस दिवसलाई राष्ट्रिय स्वरुपमा लैजानुपर्ने धारणा राखे । पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणको योगदानलाई केवल संस्थासंगमात्रै जोडेर हेर्न नहुने उनले बताए ।

चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, बिभिन्न दलका नेता, राप्रपा नेपालका कार्यकता, शुभेच्छुक सर्वसाधारण लगाएतका उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्