Logo
Logo

याङग्री र लार्के डाईभर्सन कार्यलाई अब अगाडि बढाइनेछ : प्रधानमन्त्री


315
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी उपत्यकाको बढ्दो जनसंख्याका लागि सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ गर्दै उनले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गर्दै खानेपानीको आपूर्तिलाई सीमितताको विरोधाभास समाधान गर्नुपर्नेमा जोड दिए ।

‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ’ उनले भने, ‘हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ ।’

प्रधानमन्त्रीले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र ठोस कार्ययोजना बनाइ पुनर्निर्माण कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्