जनकपुरधाम । भंगहा–जयनगर रेल यात्राका क्रममा रेलभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार मंगलबार बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।
रेलको कन्डक्टरले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताए । मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।














