काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट आइतबार त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो ।
विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल पदार्थका रूपमा ल्याएको आधा किलो सुनसहित झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए ।
विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताएका छन् । बरामद भएको सुन दर्जी आफैंले ल्याएको वा उनी भरियामात्रै भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।














