Logo
Logo

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छः पूर्वमन्त्री पम्फा भूसाल


693
Shares

काठमाडौं । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उनले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताए ।

‘विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र सम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहका छन्’, पूर्वमन्त्री भूसालले भने, ‘प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ ।’ उनले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दशवर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गरे ।

भुसालले लेलिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गर्नुभएको स्मरण गर्दै शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राखेको बताए ।

राजनीतिज्ञ टङ्क कार्कीले माक्र्सवाद तथा लेनिनवादले राज्यसत्तामा रहने र सर्वहाराबीचको खाडल कम गर्नका लागि श्रमिकलाई साथमा लिएर हिँड्नुपर्ने चेत दिएको बताए । उनले अहिले पनि पुँजीपति वर्ग र श्रमजीवी वर्गमा खाडल बढ्दै गएको विश्लेषणसमेत गरे ।

विश्लेषक सङ्गीत श्रोताले माक्र्सवादसँगै जोडेर लेलिनलाई हेरिनुपर्ने र नेपाली समाजमा आज पनि वर्गीय हिसाबले ठूलो खाडल बन्दै जाँदा लाखौँ युवा विदेशिन बाध्य भएको बताए । उनले देशमा रोजगारीको अवसर नभएकै कारण युवा विदेशिएका छन् भन्ने कुरा राज्यसत्तामा बस्नेले हेक्का राख्नुपर्ने धारणा राखे ।

‘नेपाल पछिल्लो पाँच वर्ष हेर्दा नेपाल कम्युनिष्ट पार्टी सत्तामा गयौँ तर ठीकठाक हुँदाहुँदै पनि काम गर्न सकिएन’, उनले भने, ‘आमजनताबाट निराशा प्रकट भएको छ तर समाधान गर्ने राज्यसत्ताको ध्यान छैन, आज गरिखाने गर्वको पार्टी नै छैन ।’ लेनिन बितेको एक सयऔँ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्