Logo
Logo

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु


567
Shares

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ८० वर्षीय चेतानन्द शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई पहिले उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो ।

बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए । बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा जलेर आठ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्