Logo
Logo

थुनुवासँगै भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ


1.1k
Shares

काठमाडौं । लागु औषधको मुद्दामा पक्राउ परेका थुनुवासहित भागेका प्रहरी जवान पक्राउ परेका छन् । नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो ।

रौतहट घर भएका यादव १६ वर्ष अगाडि थुनुवालाई लिएर भागेका थिए । यादव लामो समयसम्म भारतमा गएर लुकेर बसेका थिए । लामो समयपछि घर फर्किएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यादवले भगाएका थुनुवा भारतीय नागरिक नै हुन् । लागु औषधसहित पक्राउ परेका ती थुनुवालाई १० लाख रुपैयाँ पाउने आशामा यादवले भगाएका थिए।

प्रतिक्रिया दिनुहोस्