Logo
Logo

बालिका बलात्कार आरोपमा एक युवक पक्राउ


504
Shares

काठमाडौं । झापामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाल रहेका छन् ।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२, चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्