सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप दोरिङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जिपमा पाँच सवारी चालकसहित सवार थिए । जिपमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले बताए । मृत्यु हुनेहरुको नाम खुलेको छैन ।














