Logo
Logo

दोलखामा जसपाको दुईदिवसीय प्रशिक्षण आजबाट


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले दोलखाको जिरीमा प्रशिक्षण कार्यक्रम गर्दैछ । जिरीस्थित सामाजिक सेवा केन्दको सभाहलमा आज बिहान १० बजेदेखि प्रशिक्षण कार्यक्रम सुरु हुने भएको हो ।

शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा गर्न लागिएको दुईदिवसीय प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठलगायतले प्रशिक्षण दिने भएका छन् । यस अवसरमा शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन हुने छ ।

प्रतिक्रिया दिनुहोस्