Logo
Logo

कसैलाई राज्यलाई लुट्ने छुट दिन सकिन्न : गृहमन्त्री


1.8k
Shares

कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने बताएका छन् । पोखरामा सुरु गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उनले नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने बताएका हुन् ।

‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्’ गृहमन्त्री श्रेष्ठले भने, ‘तर, हम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर अब चल्दैन । तर, कर्मचारीले गल्ती गर्दा कारबाही ग¥यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’

उनले निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने पनि बताए । गृहमन्त्री श्रेष्ठको निर्देशनमा बिहीबार काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ हुन् ।

उक्त प्रसंगलाई लक्षित गर्दै उनले ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ । उद्योग व्यवसायीलाई यसो गर्न भएन नि, हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौँ, निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

सोही क्रममा उनले दबाब, हस्तक्षेपको प्रक्रिया भइरहे देशलाई फेर्न नसकिने उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका सबैलाई संविधान, ऐन कार्यन्वयन गर्न, लोकतन्त्रको प्रत्याभूति दिन र आफ्नो कर्तव्य निर्वाह दृढतापूर्वक उभिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्