Logo
Logo

कतार एशियन कपको सेमिफाइनलमा


567
Shares

काठमाडौं । आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो ।

यस अघि ९० मिनेटको खेलमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ । योसँगै अब एशियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र् दक्षिण कोरिया पुगेका छन्।

अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।
 

प्रतिक्रिया दिनुहोस्