काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदैछ । विवाहमा फूल माला, खादा र उपहार नल्याउन बहेका निम्तालुलाई आग्रह गरिएको छ ।
आज विवाह समारोह बूढानीलकण्ठस्थित घरमै आयाजना गरिँदैछ । निम्तालुका लागि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पाटीको आयोजना गरिएको छ । उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ । त्यसअघि आफन्त र निकटस्थहरूका लागि होटल सोल्टीमा पाटी आयोजना गरिँदैछ ।














