
काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होस्टलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–१७ स्थित ठमेलको क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन् ।
उनी यही माघ १० गतेदेखि उक्त होटलमा बस्दै आएको प्रहरीले जनाएको छ । उनी आफू बस्ने कोठाभित्र शनिबार मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्युको कारण खुलिनसकेको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।














